बर्डफ्लु पूर्ण नियन्त्रणमा, नयाँ संक्रमण शून्य : पशु सेवा विभाग

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

देशभर फैलिएको बर्डफ्लु संक्रमण अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि भएको छैन।

पछिल्लो संक्रमण काठमाडौंको गोकर्णेश्वर– १, सुन्दरीजलमा देखिएको थियो। त्यसयता नयाँ संक्रमित क्षेत्र नदेखिएपछि प्रभावित क्षेत्र वरपर नियमित नमुना परीक्षणलाई निरन्तरता दिइएको विभागले जनाएको छ।

विभागका अनुसार संक्रमण ११ जिल्लामा फैलिएको अवधिमा नियन्त्रणका लागि आठ लाख ३५ हजारभन्दा बढी पन्छी, ११ लाख ६५ हजारभन्दा बढी अन्डा तथा दुई लाख ४५ हजार किलोभन्दा बढी दाना सुरक्षित रूपमा नष्ट गरिएको थियो।

संक्रमणबाट प्रभावित किसानलाई उपलब्ध गराइने ५२ करोड रुपैयाँ क्षतिपूर्तिमध्ये हालसम्म करिब ५० करोड ७१ लाख रुपैयाँ वितरण भइसकेको विभागले जनाएको छ।

सुझावित समाचार