सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ‘समता शुल्क’

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा र स्वास्थ्यमा लगाएको ‘समता शुल्क’ फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने’, बैठकका निर्णय सुनाउँदै शिक्षामन्त्री पोखरेलले भने।

संविधानमै मौलिक हकअन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा लगाएको करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार फेसबुकमार्फत हटाएको घोषणा गरेका थिए।

सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्वतः नहट्ने भएकाले मन्त्रिपरिषद्ले नै निर्णय गरेको हो।

सुझावित समाचार