स्मार्ट शिक्षा प्रवर्द्धन गर्दै एडिबी र हुवावे

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सिप विकास कार्यशाला सञ्चालन गर्ने भएका छन् । यस पहलले डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थीका लागि गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने बताइएको छ । यी दुई संस्थाले विश्व निकेतन माविसँग मिलेर सिप विकास सञ्चालन गरेका हुन् । 

शैक्षिक उत्कृष्टता र नवीन शिक्षण अभ्यासको लामो इतिहास बोकेको यस विद्यालयसँगको सहकार्यमार्फत नेपालभर स्मार्ट शिक्षाको विस्तारका लागि प्रेरणादायी नमुना विकास गर्ने लक्ष्य राखिएको छ । 

यस कार्यक्रमले काठमाडौं उपत्यकाभित्रका विद्यालयलाई उपत्यकाबाहिरका विद्यालयसँग जोड्दै नेपालको पहिलो सहकार्यात्मक स्मार्ट शिक्षा प्लाटफर्म निर्माण गर्ने बताइएको छ । यस प्लाटफर्ममार्फत विद्यार्थी तथा शिक्षकले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान सत्र, अन्तक्र्रियात्मक कक्षा तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्दै संयुक्त रूपमा सिकाइ गर्ने अवसर प्राप्त गर्नेछन् ।

सुझावित समाचार