तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

तनहुँको ब्यास नगरपालिका–७, कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्।

मंगलबार दिउँसो ३ः१५ बजेतिर कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस कलेस्ती खोला पुलमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा चालक शम्शेर नेपाली सिटमा नै च्यापिएर घाइते भएकामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको ट्राफिकसहितको टोलीले उद्धार गरेको थियो।

अवस्था गम्भीर रहेका उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। प्रहरीका अनुसार बसमा अन्दाजी २५ जना सवार थिए। 

सुझावित समाचार