लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षको अवधिमा एक हजार सात सय ६८ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ८५ करोड ७७ लाख रुपैयाँबराबरको लागुऔषध बरामद भएको छ।
आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षमा भन्दा ५.५५ प्रतिशतले पक्राउ बढेको ब्युरोले जनाएको छ।
पक्राउ गरेर मुद्दा चलाइएकामध्ये एक हजार एक सय १३ जना अर्थात् ८४ प्रतिशत कारागार चलान भएका हुन्।
एक वर्षमा १३.३४७ केजी कोकिन, ७.८ केजी सेतो हेरोइन तथा २३ केजी खैरो हेरोइन बरामद भएको छ।