बर्दियामा तीन वर्षमा करिब २७ हजारले बनाए राहदानी

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

बर्दियामा करिब २७ हजारजनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा २६ हजार २२६ जनाले राहदानी बनाएका  हुन्  ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले गत आर्थिक वर्ष ०८२/८३ मा सात हजार ८८४ जनाले, आर्थिक वर्ष ०८१/८२ मा आठ हजार सात ९७ जनाले र आर्थिक ०८०/८१ मा नौ हजार पाँच ४५ राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख  जिल्ला अधिकारी अशोक भण्डारीले जानकारी दिए ।

त्यसैगरी तीन वर्षमा बालबालिका ३८३ जनाले नाबालकले नाबालक परिचयपत्र बनाएका  छन् । गत आर्थिक ०८२/८३ मा एक सय चारजनाले, आर्थिक वर्ष ०८१/८२ मा एक सय ५१  जनाले र आर्थिक ०८०/८१ मा १२८ जना नाबालकले परिचयपत्र  बनाएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले  बताए ।

सुझावित समाचार