पोखरामा खुल्यो सिजीको मल्टिब्रान्ड आउटलेट

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

सिजी मोटर्सले पोखरामा आफ्नो मल्टिब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ । आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता सिजीले पोखरामा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । 

विद्युतीय सवारीसाधनको अवलोकन, टेस्ट ड्राइभ, परामर्श, बिक्री, बिक्रीपछिको सेवासँगै ग्राहक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित सिजीले पोखरा र आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गर्दै आउटलेट सञ्चालनमा ल्याएको हो । 

सञ्चालनमा आएको नयाँ आउटलेटको उद्घाटन गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले गरेका थिए । उद्घाटनपछि मन्त्री कार्कीले विद्युतीय सवारीसाधनको विस्तारले वातावरण संरक्षण, प्रदूषण न्यूनीकरणसँगै दिगो र आधुनिक यातायात प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका थिए । 

कार्यक्रमका विशेष अथिति पश्चिमाञ्चल अटोमाबाइल्स डिलर्स एसाेसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले सिजीले उपत्यकाबाट बाहिर इभीको विस्तारमा योगदान पुर्याएको बताउँदै यस्ता आउटलेटले नेपालमा स्मार्ट, दिगो र प्रभावकारी मोबिलिटी समाधानतर्फ बढिरहेको यात्राको महत्त्वपूर्ण कदमको रूपमा लिएको बताए ।

आउटलेटले विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने अपेक्षा कम्पनीको रहेको छ । नयाँ आउटलेट सञ्चालनसँगै पोखरामा विद्युतीय सवारीसाधनको पहुँच विस्तार हुनुका साथै हरित यातायात प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास सिजीको छ ।

देशैभर रहेका आफ्ना २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत सेवा दिइरहेको र यसले ग्राहकहरूको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चितता प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । सिजीले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोसमेत जनाएको छ ।
 

सुझावित समाचार