आवासीय भवन निर्माणमा नेपाल लाइफको सहयोग

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं राउन्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई उक्त सहयोग उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार नवनिर्मित आवासीय भवनमा ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोवास गर्न सक्नेछन् । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवासीय सुविधा समावेश गरिएका छन् ।

यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत–साधनबिच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सिप प्रदान गर्ने संस्थाको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने कार्यलाई पनि प्राथमिकता दिएको बताए । 

सुझावित समाचार