वार्षिक तीन हजार पदपूर्तिका लागि साढे चार लाख युवाले तयारी गर्छन् लोकसेवा

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

निजामती ऐनमार्फत अनिवार्य अवकाशको योजना ल्याएर कर्मचारी कटौती गर्ने योजनामा रहेको सरकारले त्यसलाई थाती राखेर सकेसम्म नयाँ पदपूर्ति नगर्ने नीति लिँदा लोकसेवाको तयारी गरिरहेका लाखौँ युवा प्रभावित भएका छन् ।

उच्च शिक्षा प्राप्त गरेका युवाको लोकसेवामा यति ठुलो आकर्षण छ कि मागको झन्डै डेढ सय गुणाभन्दा बढी आवेदन पर्ने गरेको विगतका लोकसेवा विज्ञापनले देखाउँछ । ०८१/८२ मा संघअन्तर्गत बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशीतर्फ तीन हजार १८१ पदका लागि विज्ञापन खुलेकामा चार लाख ५९ हजार ८३४ जनाले आवेदन दिएका थिए ।

त्यस्तै, ०८०/८१ मा तीन हजार ६६० पदका चार लाख ७३ हजार ४९० जनाले आवेदन दिएका थिए । यसमध्ये खुला र समावेशी पदपूर्तिका लागि नै धेरै पदमा विज्ञापन खुलेको हुन्छ ।

See More On

सुझावित समाचार