लगातार दोस्रोपटक गोल्डेन बुट जित्ने एम्बाप्पे पहिलो

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

फ्रान्सका कप्तान केलियन एम्बाप्पे फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । विश्वकप २०२६ मा एम्बाप्पेले आठ खेलमा सर्वाधिक १० गोल गरेका थिए ।

उनले निकटम प्रतिद्वन्द्वी अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पारेका थिए । मेसीले स्पेनविरुद्धको फाइनल र इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा गोल नै गर्न सकेनन् । 

एम्बाप्पेले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोल गरेका थिए । सन् १९७० पछि विश्वकपमा पश्चिम जर्मनीका गर्ड मुलरपछि एम्बाप्पे १० गोल गर्ने खेलाडी बने । सन् १९५४ को विश्वकपमा सान्डोर कोसिसले सर्वाधिक ११ गोल गरेका थिए ।

विश्वकपमा एम्बाप्पे समग्रमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले तीन विश्वकपमा गरी २२ गोल गरेका छन् । उनले मेसीको विश्व रेकर्ड तोडेका हुन् । इंग्ल्यान्ड र फ्रान्सबिचको तेस्रो स्थानका लागि खेलअघिसम्म मेसी समग्र विश्वकपमा २१ गोलका साथ शीर्ष स्थानमा थिए । 

सुझावित समाचार