नेपाल लाइफले जीवन बिमा उद्योगमा पहिलोपटक १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको दाबी गरिएको हो । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याइएको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।कम्पनीका अनुसार यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बिमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ ।
कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बिमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सरोकारवालाको साझा सफलताका रूपमा ग्रहण गर्दै जीवन बिमा क्षेत्रको अग्रणी संस्थाका रूपमा बढ्ने विश्वास व्यक्त गरेको छ ।