साउन महिना सुरु भएसँगै बजारमा चहलपहल सुरु भएको छ। प्रकृति र सौभाग्यको विशेष महिना मानिने साउनमा नेपाली हिन्दू महिलाहरूबिच हरियो, पहेँलो र रातो रङका पहिरन तथा शृंगारका सामानहरू लगाउने परम्परा रहँदै आएको छ।
यो महिनालाई भगवान शिवको पवित्र महिनाका रूपमा लिँदै उनको विशेष आराधना र उपासनासमेत गर्ने गरिन्छ। चुरा, पोते र मेहेन्दी लगाउने चलनका कारण यति वेला बजारका शृंगार पसलहरूमा ग्राहकहरूको निकै भिड देखिन्छ।
भिडियोमा हेर्नुस् इन्द्रचोक क्षेत्रको भिड :