एक वर्षमा एक लाख ९६ हजार मुद्दाको फैसला, यी हुन् सबैभन्दा धेरै मुद्दा फर्स्याेट गर्ने न्यायाधीशहरू

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

आर्थिक वर्ष ०८२/८३ मा देशभरिका अदालतले एक लाख ९६ हजार चार सय ४७ मुद्दाको फर्स्याेट गरेका छन्। जुन कुल मुद्दाको ५५.०३ प्रतिशत हो। अदालतमा तीन लाख ५७ हजार २३ मुद्दा दर्ता भएका थिए। 

सर्वाेच्च अदालतद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार २९.४६ प्रतिशत तथा उच्चमा ७०.३६ प्रतिशत फर्स्याेट भएको छ। 

गत आर्थिक वर्षमा विशेष अदालत तथा उच्च अदालत जनकपुरका न्यायाधीश टेकनाराण कुँवर सर्वाधिक मुद्दा फर्स्याेट गर्ने न्यायाधीश बनेका छन्। उनले एक हजार ४२१ वटा मुद्दाको फैसला गरेका छन्। 

त्यस्तै, जिल्ला अदालतका न्यायाधीशमध्ये कञ्चनपुरका राजेन्द्रसिंह भण्डारीले सर्वाधिक एक हजार ११ मुद्दाको फैसला गरेका छन्।

सुझावित समाचार