‘लज्जावती’को डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द र संगीत तथा सहिमा श्रेष्ठ र रवि ओडको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरको रूपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ। भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

आहा फिल्मसकाे ब्यानरमा क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्।

सौरभ ओली प्रस्तुतकर्ता तथा कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता अनि दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रमा दिव्यराज सुवेदीको छायांकन छ। हरिप्रसाद सिवाकोटी लाइन प्रोड्युसर हुन्।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ। चलचित्रलाई देशव्यापी कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सुझावित समाचार