टिपरको ठक्करबाट मोरङमा वृद्धाको मृत्यु

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

मोरङको केराबारी गाउँपालिका– ५, शान्तिचोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को.१ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र चालक संखुवासभाको चैनपुर नगरपालिका– ११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका– १३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार