गायक युवराज चौलागाईं अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलद्वारा सम्मानित भएका छन्। नेपाली संगीत, कला, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै काउन्सिलले चौलागाईंलाई यो सम्मान प्रदान गरेको हो।
मंगलबार जर्सी सिटीको सिटी हलमा आयोजित विशेष समारोहबिच सम्मानपत्र हस्तान्तरण गरिएको छ। जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं न्युजर्सीका गभर्नरको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा. विष्णुमाया परियारले चौलागाईंलाई सम्मानपत्र हस्तान्तरण गरेकी हुन्।
चौलागाईंले चलचित्र तथा समकालीन संगीत विधामा गरी चार सयभन्दा बढी गीत रेकर्ड गराइसकेका छन्।
चौलागाईं रेकर्डिङ स्टुडियोमा मात्र सीमित नभई स्टेज प्रस्तुति, संगीत सिर्जना र नयाँ प्रतिभाहरूलाई मार्गनिर्देशन गर्नसमेत सक्रिय छन्।