चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ । देशभरका हलमा दुई सयभन्दा धेरै साे पाएको सिनेमा आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।
प्रिमियरमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तान्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ ।
‘हाम्रो चलचित्र आजबाट प्रदर्शनमा आएको छ । प्रिमियरमा जस्तै आमदर्शकले पनि हलमा मन पराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ निर्देशक कपिल रिजालले भने ।
केही हलमा दर्शकको साे उच्च देखिएको छ । बिहीबार नै केही साेमा अकुपेन्सी धेरै देखिएको थियो ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनीष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा रहेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।
चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
४ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
२ हप्ता अघि
झ्याप्पै
३ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…