एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर ग्रुप पनि मुछिएको छ। पौडेलसँगै सो समूहका सञ्चालक तथा कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार ६ व्यक्ति र १० कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
प्रतिवादीहरूमा पौडेलसहित बिचौलिया दीपक भट्ट, शंकर ग्रुपका शुलभ अग्रवाल, सुभी अग्रवाल तथा सो समूहका कर्मचारी उपेश बस्नेत तथा व्यवसायी ऋषिराम मोरलाई समेत प्रतिवादी बनाइएको छ।
यी हुन् प्रतिवादी

