वार्ता टोली र मिटरब्याजपीडितबिच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सरकारले गठन गरेको वार्ता टोली र मिटरब्याजपीडितबिच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयमा वार्ता भइरहेको छ। 

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको अध्यक्षतामा वार्ता टोली गठन गरेको छ। सोही टोलीसँग मिटरब्याजपीडितका प्रतिनिधिहरूबिच छलफल भइरहेको छ। 
पीडितहरू काठमाडौं आउने क्रममा बारामा तीन दिनसम्म गृहमन्त्री सुधन गुरुङसहितका अधिकारी पुगेर छलफल गरेका थिए। सहमति नभएपछि प्रतिनिधिहरूलाई बिहीबार काठमाडौं ल्याएर छलफल सुरु भएको हो। 

सुझावित समाचार