एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका असइ थमन विक हत्या प्रकरणमा दोषी ठहर एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।

कोइरीको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले बिहीबार आदेश जारी गरेको हो। कोइरीको पक्राउ पूर्जी गैरकानुनी देखिएको भन्दै सर्वोच्चले अन्य मुद्दाबाट थुनामा राख नपर्ने भए कोइरीलाई थुनामुक्त गर्न भनेको छ।

उच्च अदालत जनकपुरधामले कोइरीलाई सफाइ दिने जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै पाँच वर्ष कैद सजाय सुनाएको छ। उच्चको फैसलापछि महोत्तरी प्रहरीले पक्राउ गरेपछि कोइरीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

कोइरीलाई दोषी ठहर गर्ने फैसलाको पूर्णपाठ तयार भई फैसला कार्यान्यनसम्बन्धी प्रक्रिया पूरा नभएको तथा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थासमेत बाँकी नै रहेको सर्वोच्चले औँल्याएको छ।

सुझावित समाचार