असार मसान्तसम्म ६१ प्रतिशत धान रोपाइँ सकियो

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सकिएको छ। धान रोपाइँ हुने १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये आठ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। धान रोपाइँ हुने एक लाख ५४ हजार ९५० हेक्टरमध्ये ८७.८ प्रतिशत अर्थात् एक लाख ३६ हजार ३२ हेक्टरमा रोपाइँ सकिएको हो।

यसैगरी, गण्डकीमा ६५.९, कर्णालीमा ६०.२, लुम्बिनीमा ५९.६, मधेशमा ५७.९, बागमतीमा ५७.१ र कोशीमा ५४.९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार