मलद्वारमा लुकाएर ल्याएको खैरो हेरोइनसहित दुईजना पक्राउ

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

मोरङ रंगेली नगरपालिका– ६ पुरानो भन्सार टोलस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई २६.५१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका– १ घर भई मोरङ पथरी शनिश्चरे नगरपालिका– १ बस्ने २३ वर्षीय संयाेक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेका छन्।

चेक जाँचका क्रममा दुवैले आफ्नो मलद्वारमा लुकाइछिपाई राखेको कालो प्लास्टिकको पोका बरामद गरिएको थियो। संयाेकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम तथा भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको हो।

इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।

सुझावित समाचार