इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का घुससहित झापामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले बुधबार उनलाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ठेकेदारलाई दुःख दिएर उनले घुस मागेका हुन्। दमक नगरपालिका– १ स्थित खाजा घरबाट घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।