कर्जा दुरुपयोग गरेको आरोपमा विष्णु पौडेलनिकट व्यवसायी पक्राउ

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो। 

उनी एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट व्यवसायी हुन्। नेता पौडेलले रुपन्देहीमा करोडौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। जुन अनुसन्धानमा पौडेल ८ असारदेखि थुनामा छन्। 

रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए।

सुझावित समाचार