भारतबाट नेपाल ल्याएर लागुऔषध बेच्ने तीनजना पक्राउ

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले भारतबाट लागुऔषध ल्याएर नेपालमा बेच्ने तीनजनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ।

धादिङको धुनिबेँसी नगरपालिका– ९ का ३८ वर्षीय अनिल श्रेष्ठ, मोरङको कटहरी गाउँपालिका– ४ का ३५ वर्षीय जाबेद आलम र सप्तरीको खडक नगरपालिका– ७ का ३४ वर्षीय विकास भगतलाई ब्युरोले पक्राउ गरेको हो।

प्रहरीले उपत्यकामा बसी लागुऔषध खैरो हेरोइन बिक्री गर्दै आएका अनिल श्रेष्ठलाई गत बिहीबार ललितपुरको हरिसिद्धिबाट २९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। थप अनुसन्धानको सिलसिलामा शनिबार ललितपुर महानगरपालिका–२९ हरीसिद्दीबाट थप ३०० ग्राम खैरो हेरोईनसहित आलम र भगत पक्राउ परेका हुन्।

आलम र भगतले भारत जोगबनी फरमेसगञ्जबाट विराटनगर हुँदै काठमाडौं उपत्यकासम्म प्राईभेट गाडीमा खैरो हेरोईन ल्याई श्रेष्ठलाई बिक्री गर्ने गरेका प्रहरीले जनाएकाे छ।

कुल ३२९ ग्राम खैराे हेराेइनसहित एक थान डिजिटल तराजु, चार थान माेवाइल, ३० हजार नगद र गाडी बरामद भएका उनीहरूलाइ लागुऔषध मुद्धामा थप अनुसन्धान अघि बढाइएकाे छ।

सुझावित समाचार