कजारिया रमेश टायल्सले कोशी प्रदेशमा बजार विस्तार गरेको छ । कम्पनीले इटहरीको हलगडामा सोरुम सञ्चालनमा ल्याएको छ । ए–क्लास मार्बल्स एन्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको उक्त सोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलको विस्तृत दायरा पुर्याउने उद्देश्य राखेको छ । सोरुम उद्घाटन कजारियाका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले गरेका हुन् ।
आधुनिक र ग्राहकमैत्री शैलीमा व्यवस्थित गरिएको यस सोरुमले ग्राहकलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार इटहरीको सोरुममा ग्राहकले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टायल छनोट गर्न सक्नेछन् ।
‘ए–क्लास मार्बल्स एन्ड टायल्ससँगको यो सहकार्य इटहरी र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ कम्पनीले भनेको छ, ‘हाम्रा विश्वस्तरीय डिजाइन स्थानीय बासिन्दामाझ ल्याएर हामी उनीहरूको घर निर्माण र पुनर्निर्माणको यात्रालाई मद्दत पुर्याउन चाहन्छौँ ।’