मल आपूर्तिको अवस्थाबारे कृषिमन्त्रीको अनुगमन

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण
  • चितवन पुगेर मल–बिउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे लिइन् जानकारी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन पुगेर किसानले सहज रूपमा मल, बिउ, विषादी तथा अन्य कृषि सामग्री पाए–नपाएकोबारे अनुगमन गरेकी छिन् । त्यस क्रममा उनले स्थानीय किसानसँग पनि अन्तर्क्रिया गरेकी छिन् ।

मन्त्री चौधरीले धान रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बिउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्या समाधानका लागि किसानलाई आश्वासन दिएकी छिन् ।

‘बजारमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए वा त्यस्तो जानकारी प्राप्त भए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न हुन अनुरोध छ,’ उनले भनिन् ।

See More On

सुझावित समाचार