शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। उनको वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। उनको शरीरको ५० प्रतिशतभन्दा धेरै भाग जलेको थियो। व्यक्तिगत तनावमा उनले यसरी आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।