जडीबुटीमा यात्रुलाई हैरानी गरेको आरोपमा ३२ बिचौलिया पक्राउ

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

सार्वजनिक सवारीसाधनका यात्रुलाई हैरानी गरेको आरोपमा प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिहीबार बिहान जडीबुटी क्षेत्रमा विशेष निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बिचौलियाहरूले उपत्यकाबाट पूर्व तथा तराईतर्फ यात्रा गर्ने यात्रुलाई जबर्जस्ती तानेर गाडीमा चढाउन खोज्ने, सिट मिलाइदिने भन्दै झोला तान्ने तथा विशेषगरी महिला यात्रुमाथि अशोभनीय व्यवहार गर्ने गरेको गुनासोपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

जडीबुटीस्थित अरनिको यातायातको बसपार्कबाट रामेछाप, दोलखा र सिन्धुपाल्चोकका साथै तराई र पूर्वी जिल्लातर्फ जाने सवारीसाधन सञ्चालन हुँदै आएका छन्। सोही क्षेत्रलाई लक्षित गरी बिचौलियाहरू सक्रिय रहेको प्रहरीको भनाइ छ।

सुझावित समाचार