बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णय सार्वजनिक गरिएको छ। बैठकले मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।
त्यस्तै, गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बैठकले विभिन्न नियमावली र रणनीति स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकका निर्णय यस प्रकार छन्–
१. उपत्यका विकास प्राधिकरणको काठमाडौं आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने
२. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने
३. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ स्वीकृत गर्ने
४. शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने
५. कारागार नियमावली २०८३ स्वीकृत गर्ने
६. मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने
७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने
८. गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने