सिराहाका सीमावर्ती क्षेत्रबाट १४ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँबाट १४ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गस्तीमा रहेका सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले जिल्लाको विभिन्न सीमावर्ती इलाकाहरूबाट कस्मेटिक्स सामान, पित्तलको भाँडा, मदिरा, इलेक्ट्रोनिक्स तथा किराना सामान, डिजेल र एक थान मोटरसाइकल बरामद गरेको हो । 

जिल्लाको सीमावर्ती इलाकाहरूबाट भन्सार छली अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब १४ लाख तीन हजार ३२६ रुपैयाँबराबरका सामान बरामद गरिएको उनले बताए । उनका अनुसार बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी मंगलबार माडर भन्सारमा बुझाइएको छ ।  
 

सुझावित समाचार