पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सात दिनभित्र हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साताभित्र बयानका लागि हाजिर हुन सूचना जारी गरेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्यादबाहेक सूचना जारी भएको मितिले सात दिनभित्र विभागमा हाजिर हुन आउन भनिएको छ । म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुनबमोजिम हुने सूचनामा जनाइएको छ ।

सुझावित समाचार