पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धिबहादुर पन्तले वीरगन्जका क्यासिनोहरुमा स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा नेपाली युवालाई प्रवेश दिइँदै आएको भन्दै आपत्ति जनाएका छन्।
सोमबार सांसदको शून्य समयमा सांसद पन्तले तारे होटेलका क्यासिनोमा स्थानीय युवा, ब्यवसायीले सहज प्रवेश पाउँदै आएको भन्दै ध्यानाकर्षण गराएका हुन्। पर्यटन प्रबर्द्धनको नाममा तारे होटेलमा खोलिएका क्यासिनोमा तेस्रो मुलुकका नागरिकभन्दा बढी नेपाली प्रवेश गर्ने गरेको उनको भनाइ छ।
क्यासिनोका कारण युवा उद्यमी र मध्यम वर्गीय परिवार आर्थिक समस्या परेको बताउँदै उनले क्यासिनोमा नेपालीहरुको प्रवेश रोक्न र स्थानीय प्रहरी प्रशासनमाथि छानबिन गर्न माग गरे।