एकता नभए वैकल्पिक बाटोबारे छलफल भइरहेको छ : नेता विश्वकर्मा

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण
एकता नभए वैकल्पिक बाटोबारे छलफल भइरहेको छ : नेता विश्वकर्मा

फाइल तस्बिर

नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता मीन विश्वकर्माले एकता नभए वैकल्पिक बाटोबारे छलफल भइरहेको बताएका छन्। सोमबार महाराजगन्जस्थित चुनदेवीमा पार्टीको १५औं महाधिवेशन तयारी सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दैै विश्वकर्माले यस्तो बताएका हुन्।

करिब पाँच महिना बितिसक्दा पनि पार्टीको बृहत्तर एकताका लागि कुनै परिणाम देखा नपरेको बताउँदै उनले भने, ‘आजसम्म अहोरात्र एकताको प्रयास गर्दा पनि सार्थक बन्न सकेको छैन। यो एकता भएन भने नेपाली कांग्रेसको लागि वैकल्पिक बाटो पनि खोजेर जान सकिने छलफल भइरहेको छ।’

संस्थापन पक्ष पार्टी एकता नगर्ने पक्षमा रहेको देखिएको बताउँदै विश्वकर्माले भने, ‘उहाँहरु के गर्दा पार्टी मिल्दैन त्यही तर्क गरिरहनुभएको जस्तो देखिन्छ। त्यसले पार्टी एकतामा बाधा पुर्याएको छ।’

अदालत र निर्वाचन आयोगबाट अधिकार प्राप्त नेताहरुले पार्टी एकताका लागि कुनै प्रयास नगरेको अवस्थामा त्यसलाई सार्थक बनाउनका लागि सम्पर्क कार्यालय खोलिएको उनले प्रष्ट पारे।

सुझावित समाचार