साइप्रसमा नेपाली दूतावास स्थापनाको हस्ताक्षर अभियानमा दुई दिनमै ९७२ जनाको ऐक्यबद्धता

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

साइप्रसमा नेपाली दूतावास स्थापनाको माग राख्दै सुरु गरिएको हस्ताक्षर अभियानमा त्यहाँ रहेका नेपाली समुदायको व्यापक समर्थन जुटेको छ। ‘नागरिक बोली’को अगुवाइमा सञ्चालित अभियानको सुरुवाती दुई दिनमै ९७२ नेपाली नागरिकले प्रत्यक्ष उपस्थित भई हस्ताक्षर गरेका छन्।

साइप्रसमा नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गए पनि दूतावास नहुँदा राहदानी नवीकरण, कन्सुलर सेवा, कानुनी सहायता, तथा आपतकालीन उद्धारजस्ता अत्यावश्यक कार्यहरूमा नेपालीहरूले निकै सास्ती खेप्नुपरिरहेको छ। यसै समस्याको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन यो अभियान थालिएको आयोजकले जनाएको छ।

जुन २८ लिमासोलस्थित मोलोस पार्कमा सञ्चालन गरिएको अभियानको पहिलो चरणमा ३११ नेपालीले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका थिए। जुलाई ५ मा सोही स्थानमा दोस्रो चरणमा ६६१ जनाले प्रत्यक्ष उपस्थित भएर हस्ताक्षर गरेका अभियानले जनाएको छ।

सुझावित समाचार