त्रिविलाई प्रभु बैंकको डिजिटल बोर्ड

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

प्रभु बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड सहयोग गरेको छ । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तक्र्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।

बोर्ड हस्तान्तरण कार्यक्रममा बैैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानीशंकर आचार्य, डा. सुनीता भण्डारी तथा अन्य पदाधिकारीको उपस्थिति थियो । 

सुझावित समाचार