नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउने भएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन प्रविधिलाई प्राथमिकता दिने निर्णय गरेको हो।
‘नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ। साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन अर्थात् पेपरलेस प्रविधि वा इभिएम प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।
बैठकले निर्वाचन अवधिमा विधानमा अन्यथा उल्लेख भएकामा बाहेक निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायहरूलाई आग्रह गरेको छ।
हेर्नुहोस् थप निर्णय :
