काठमाडौंसँग जोडियो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरको रूपमा तीनवर्षे सम्झौता गरेको छ।

सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रूपमा रहनेछ। यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठुलो र ग्लामरस फ्रेन्चाइज लिग एनपिएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबिचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो। गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यस वर्ष टाइटल स्पोन्सरको रूपमा आएको हो।

काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक–निर्देशक श्रवणबहादुर सिंहले यो साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए।

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपिएल नेपाली क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकाले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर भएको बताइन्।

काठमाडौं गोर्खाजले यसअघि पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ भने करण केसी मार्की खेलाडी तथा कप्तान रहेका छन्। टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रसिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ।

सुझावित समाचार