आइएमएफ प्रतिनिधिद्वारा आर्थिक नीतिबारे चासो

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायतलाई भेटेर आर्थिक अवस्था, सुधारका कार्यक्रम र आगामी नीतिगत प्राथमिकताबारे छलफल गरेका छन् ।

आइएमएफको एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन चन्द्रको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा नेपालका लागि आइएमएफ मिसन प्रमुख डा. सरवत जहाँ र आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए ।

सो प्रतिनिधिमण्डलले समष्टिगत आर्थिक परिदृश्य, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा विचार आदान–प्रदान गरेको आइएमएफले जनाएको छ ।
 

See More On

सुझावित समाचार