काठमाडौंका ४६५ विस्थापित सुकुमवासी परिवारलाई राहत

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

सरकारले काठमाडौं उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत वितरण गरेको जनाएको छ।

सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को ५ जेठको निर्णयअनुसार प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए।

उनका अनुसार विस्थापनबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको हो।

सुझावित समाचार