सरकारले दुग्ध किसानलाई दुध बिक्रीबापत तिर्न बाँकी रहेको रकममध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा आयोजित सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार १७ वैशाख २०८३ सम्म दुध खरिदबापत किसानलाई तिर्न बाँकी रकम ६७ करोड रुपैयाँ रहेको थियो। त्यसमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी भइसकेको र बाँकी रकम पनि चरणबद्ध रूपमा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले बताए।
प्रवक्ता पोखरेलले सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टलमार्फत हालसम्म करिब दुई हजार नागरिकले सेवा लिइसकेको जानकारी पनि दिए।