पर्वतमा सामुदायिक वनबाट ११ थान भरुवा बन्दुक बरामद

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष स्विप अपरेसनका क्रममा सामुदायिक वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद गरेको छ।

कुश्मा नगरपालिका– ७, गजौटेस्थित चिसापानी सामुदायिक वनबाट सात र जलजला गाउँपालिका– ४ स्थित फेदी सौरेनी सामुदायिक वनबाट चार थान गरी जम्मा ११ थान भरुवा बन्दुक बरामद भएको हो।

शुक्रबार बरामद भएका ११ सहित हालसम्म १९ थान बेबारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार