न्युजिल्यान्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने भारतीय नागरिक पक्राउ

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारत बिहार राज्यको गोपालगन्जका ४२ वर्षीय सञ्जय कुमारलाई प्रहरीले पक्राउ गरेको हो। उनी एक बेरोजगार व्यक्तिबाट नाै लाख ८० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप छ।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

पक्राउ परेका कुमारलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ

See More On

सुझावित समाचार