प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले ‘पेन डाउन’ आन्दोलन सुरु गरेका छन् । बिहीबारदेखि आन्दोलन सुरु गरेपछि काउन्सिलको दैनिक प्रशासनिक सेवा प्रभावित भएको छ। विगत छ महिनादेखि महँगी भत्ता उपलब्ध नभएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
कर्मचारीहरूले सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता माघ महिनादेखि रोकिएको भन्दै काम ठप्प पारेका छन्। उनीहरूले भत्ता उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताएका छन्।