आरके मेनपावरलाई तीन लाख जरिवाना

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधानविपरीत कार्य गरेको भन्दै विभागले बिहीबार उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ बमोजिम इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) ले व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी कार्य गरी कामदार पठाउन नपाउने कानुनी व्यवस्था रहेको छ। उक्त कानुनी व्यवस्थाको पूर्ण पालनाका लागि विभागले मिति २०८२/१२/२७ गते सार्वजनिक सूचनासमेत जारी गरेको थियो।

तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था र विभागको निर्देशन पालना नगरेको पाइएपछि विभागले मिति २०८३/०३/१८ गते कारबाहीको निर्णय गरेको हो। विभागले ऐनको दफा ५४ बमोजिम संस्थालाई प्रथमपटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
 

सुझावित समाचार