ट्रक र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

मदन भण्डारी लोकमार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७, फुस्रे खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार बिहीबार दिउँसो गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ त ४९ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक ठोक्किँदा उदयपुरगढी–३ निवासी २८ वर्षीया यमुना विक गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा उपचारकै क्रममा  चिकित्सकले मृत घोषणा गरेको बमले बताए। 

दुर्घटनामा मृतक यमुनाका श्रमान् २८ वर्षीय यमबहादुर विक गम्भीर घाइते छन्। उनको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक सप्तरीको सुरुंगा नगरपालिका–१ निवासी ४४ वर्षीय एकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सुझावित समाचार