सरकारले नेपाल प्रहरीका आठ अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो।
उपत्यका प्रहरी कार्यालयमा सुशीलसिंह राठौर, सिआइबीमा उमाप्रसाद चतुर्वेदी, एकेडेमीमा राजन अधिकारी, प्रशासन विभागमा डम्बर विक, मानव स्रोत विकास विभागमा ईश्वर कार्की, अपराध अनुसन्धान विभागमा मनोज केसी, कार्यविभागमा हिमालय श्रेष्ठ र शिद्धिबिक्रम शाहको प्रदेश समन्वय विभागमा सरुवा भएको छ।