धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटार चोकबाट लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुरबाट सुनसरीको धरानतर्फ जाँदै गरेको प्र १–०२००१ च ४५३१ नम्बरको गाडीभित्र लुकाएर लैजाँदै गरिएको ३७ प्याकेट (३७ किलोग्राम) प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सो गाडीमा सवार एक महिलासहित दुईजनालाई गाँजासहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिचुङ गाउँपालिका– २ की ३१ वर्षीया विनिता कार्की र धनकुटा साँगुरीगढी गाउँपालिका– ९ का ४५ वर्षीय लोकबहादुर राई रहेका धनकुटा प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।