कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको एक पुरुषको शव फेला

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी– ७, सांगेताडा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।

प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। दुर्घटनास्थलबाट करिब चार सय मिटर तल भिरमा अड्किएको एक पुरुषको शव फेला परेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव निकाल्ने प्रयास गरिरहेको छ।

गाडीमा सवार यात्रुको यकिन संख्या भने अझै खुल्न सकेको छैन।
 

सुझावित समाचार