कोशी प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने तय गरिएको बैठक स्थगित गरिएको छ। कोशी प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको हो।
कोशी प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक असार ११ र १६ गते पनि तोकिएको समयमा बस्न नसकेको थियो। त्यसपछि प्रदेश सरकारको अनुरोधका आधारमा बैठक पुनः सारिएको सचिव खड्काले जानकारी दिए।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक आगामी असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।